Samajik Feed – News Portal from Nepal

उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद् झा

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको तर्क गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले उपराष्ट्रपतिको पदले सम्झन लायक कुनै पनि काम गर्न नसकेको देशमा यो पद आवश्यक नै नभएको बताएका हुन् । उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । […]

घरमै चट्याङ खस्दा छोराछोरीको मृत्यु, आमा घाइते

रासस-बागलुङ, असार १० गते । बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनका ६ वर्षीय छोरा दिनेश विक र ९ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।  चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]

मधेश प्रदेशमा मिटरब्याज सम्बन्धि झन्डै १८ हजार उजुरी

सामाजिक फीड– जनकपुरधाम, असार ९ गते । सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा पीडितका २२ हजार वटा उजुरी परेका छन् । आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको […]

देशका विभिन्न स्थानमा हल्देकादेखि भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार ९ गते । आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको मौसम बुलेटिन अनुसार  आज दिउँसो देशभर केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माहाशाखाले जनाएको […]

देशका धेरै स्थानमा भारी वर्षाको सम्भवाना

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते । आज देशको विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा देशभर आज आंशिकदेखि सामान्य बदली रहनेछ । ‘कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

धनुषमा चोरीको ट्याक्टरसहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार ८ गते ।धनुषबाट चोरीको ट्याक्टरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ बस्ने २६ वर्षीय धर्मेन्द्र कुमार साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलिले उनलाई बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी […]

भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन आदेश, बालेनले भने–’आदेश मान्दैनाैँ’

काठमाडौँ, ७ असार । काठमाडौँ महानगरका सिनेमा हलहरूमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार नेपाल चलचित्र संघको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले दुवै पक्षलाई […]

लघुवित्त पीडितहरु सिरहामा रामार्ग अवरुद्ध गरी प्रदर्शन गर्दै

सामाजिक फीड-जनकपुरधाम, असार ७ गते । सिरहामा लघुवित्त पीडितहरुले पूर्व पश्चिम रामार्ग अवरद्ध गरेका छन् ।सिरहाको लहानमा बलान पुल नजिक बिहान साढे ७ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।पूर्व निर्धारित कार्यक्रम अनुसार लुघुवित्त पीडितहरुले आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका छन् । लघुवित्त संस्था खारेज गर, लघुवित्त पीडितहरुको ऋण मिनाहा गर लगायतका […]

संखुवासभाको बाढीमा बेपत्ता भएका २२ जनाको पहिचान खुल्यो

रासस-संखुवासभा, असार असार ४ गते । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

कोशी प्रदेशमा बाढीका कारण ३१ जना बेपत्ता

सामाजिक फीड-जनकपुरधाम,जेठ ३ गते । बाढीका कारण कोशी प्रदेशमा ३१ जना बेपत्ता भएका छन् । गए राति अभिरल वर्षासंगै आएको बाढी र पहिरोमा सङ्खुवासभामा २२ जना ताप्लेजुङ्मा ४ जना र पाँचथारमा ५ जना बेपत्ता भएका छन् । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात […]