Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ७ गते ।

सिरहामा लघुवित्त पीडितहरुले पूर्व पश्चिम रामार्ग अवरद्ध गरेका छन् ।
सिरहाको लहानमा बलान पुल नजिक बिहान साढे ७ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
पूर्व निर्धारित कार्यक्रम अनुसार लुघुवित्त पीडितहरुले आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका छन् ।

लघुवित्त संस्था खारेज गर, लघुवित्त पीडितहरुको ऋण मिनाहा गर लगायतका नारा लगाउँदै उनीहरुले पूर्णरुपमा पुर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयासमा छन् ।
पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दा यातायात अवरुद्ध भएको छ ।

लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागी मन्दिरा लामाले बताइन् । ‘वृद्धा आमाहरुलाई चाहिँ उनीहरुले ऋण लगानी गर्ने, उहाँहरुले किस्ता तिर्न सक्नु भएन भने तुरुन्तै भैंसी तान्न जाने, घरमा ताला लगाइदिने, कसैकसैले त बालबच्चा भित्रै छन् जबर्जस्ती ढोका तानेर ताला लगाइदिएको छ,’ उनले भनिन्, ‘यस्तो ज्यादती भएको कारणले हामी लघुवित्त संस्थाको ज्यादतीको विरुद्धमा उत्रिएका हौं ।’

यता प्रहरीले राजमार्ग खुलाउने प्रयासमा लागेका छन् । सवारीसाधनमा तोडफोड क्षति नपुर्याओस् भनेर व्यापक मात्रामा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *