सामाजिक फीड-
जनकपुरधाम, असार ८ गते ।
धनुषबाट चोरीको ट्याक्टरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ बस्ने २६ वर्षीय धर्मेन्द्र कुमार साह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोलिले उनलाई बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान ३ बजे धनुषाको धनौजी गाउँपालिका बस्ने फिरोज साहुले आफ्नो घर अगाडी पार्किङ गरी राखेको ज १त ८६९१ नं. ट्रयाकटर चोरी भएको थियो ।
चोरीको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेका थिए । त्यस क्रममा साहलाई चोरीको ट्याक्टरसहि तनियन्त्रणमा लिएर इलाका प्रहरी कार्यायल सखुवा महेन्द्रनगरमा राखिएको छ । साहमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।