सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौँ, १२ असोज । सरकार र राहत तथा बालविकास शिक्षकहरूबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो । सहमतिपछि आन्दोलन फिर्ता भएको छ । सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत शिक्षकलाई स्थायी परीक्षाका लागि उमेर हद नलाग्ने, शत प्रतिशत […]
सप्तरीको शम्भुनाथ नपाका मेयर र इन्जिनियर भ्रष्टाचारी ठहर, ६ महिना कैद

सामाजिक फीड–सप्तरी ,असोज १२ । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले उनीसहित नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई पनि दोषी ठहर गरेको हो । दबुैजनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि […]
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक […]
राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, १० असोज । काठमाडाैँमा जारी राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही शिक्षकलाई लछारपछार गरेको थियो । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै राहत शिक्षकहरू आन्दोलन गर्दै आएका छन् । शिक्षक महासंघले सरकारसँगको वार्तापछि […]
नेपाल भारत सीमा क्षेत्रमा गोली दागेर एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, असोज ९ गते । बारा स्थित नेपाल भारत सीमा दशगजा क्षेत्रमा गोली दागेर एक युवकको हत्या भएको हो । भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । बाराको चरौता नगरपालिका ६ पकडीया गाउँको लक्ष्मीनिया पोखरीको डिलमा आज साँझ […]
चिकित्सकमाथि कुटपिट भएको विरोधमा काठमाडौँमा प्रदर्शन

सामाजिक फीड– काठमाडौँ, ९ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र चिकित्सकहरूबीच केहीबेर घम्साघम्सी पनि भएको थियो । लमजुङ सुन्दरबजारकी ५७ वर्षीया महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । […]
बाराको दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या

रासस-बारा, असोज ९ गते । बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा पूर्वसशस्त्र प्रहरी जवानको हत्या भएको छ। पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा ३४ वर्षीय अमरेशकुमार सिंहको शव फोला परेको प्रहरीले जनाएको छ। आइतबार स्थानीयले सीमा क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर […]
चारदिनपछि मलंगवामा दिउँसो कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

सामाजिक फीड-जनकपुरधाम, असोज गते । सर्लाहीको मलंगवामा लगाएको कर्फ्यू चारदिनपछि निष्कृय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमो आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू निष्कृय गर्ने र निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । असोज ४ गते साँझ गणेश चतुर्थीको मुर्ति सेलाएर फर्किने क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । सो […]
राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा विशेष पूजाअर्चना

सामाजिक फीड-जनकपुरधाम, असोज ८ गते । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उनी राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएपछि जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन गरेका हुन् । कपडाको चप्पल लगाएर दर्शन गर्दा उनको आलोचना पनि भइरहेको छ […]
भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल बेइजिङ पुगे

बेइजिङ, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बेइजिङ पुगेका छन् । हाङ्जाओबाट बेइजिङ पुगेका दाहालले कूटनीतिक भेटवार्ता गर्नुका साथै नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । यसअघि शनिबार उनले हाङ्जाओमा एसियाली खेलकुद उद्घाटन समारोहमा भाग लिएका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका दाहाल त्यतैबाट चीन पुगेका हुन् । हाङ्जाओमै दाहालले […]