काठमाडौँ, १० असोज । काठमाडाैँमा जारी राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । बुधबार राहत शिक्षकहरूको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही शिक्षकलाई लछारपछार गरेको थियो । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै राहत शिक्षकहरू आन्दोलन गर्दै आएका छन् ।
शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।