सामाजिक फीड–
काठमाडौँ, ९ असोज ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र चिकित्सकहरूबीच केहीबेर घम्साघम्सी पनि भएको थियो । लमजुङ सुन्दरबजारकी ५७ वर्षीया महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।
चिकित्सकहरूले आफूहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।