नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरधाम विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ १८ गते । नेपाल र भारतबीचको आज हुने खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ त्रजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ । उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना […]
जनकपुरमा १८ वर्षीया किशोरीको रहस्यमय मृत्यु, घटना दबाउन खोजेपछि लास प्रहरी नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा एक युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाका विजय यादवकी १८ वर्षीया छोरी सरस्वती यादवको रहस्यमय मृत्यु भएको हो । प्रहरीले आज दिउँसो उनको शव नियन्त्रणमा लिएको हो । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भन्ने आमाकी बालिकाले बयान दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी […]
सिरहाकी मिटरव्याजी सुजाता पुर्पक्षका लागि जेलचलान

सामाजिक फीड-जनकपुरधाम, भदौ १७ गते । मिटरव्याजी आरोपमा पक्राउ परेकी सिरहाकी सुजाता साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लिल्ला अदालत सिरहाक अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । उनी साउन २४ गते पक्राउ परेकी थिइन् । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजातामाथि ९ […]
जनकपुरमा प्रशासनविरुद्ध मिटरव्याज पीडितको प्रदर्शन, घेरे जिल्ला प्रशासन कार्यालय

सामाजिक फीड– जनकपुरधाम, भदौ १७ गते । जनकपुरधाममा मिटरव्याज पीडितहरुले प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडित संघर्ष समिति धनुषाको अगुवाईमा मिटरब्याज पीडितहरुले ८ सुत्रिय मागसहित प्रदर्शन गरेका हुन् । मिटरब्याजी संरक्षक प्रशासक मुर्दाबाद, निषेधाज्ञा खारेज गर, मिटरब्याजीलाई पक्राउ गरी कारबाही गर, १० प्रतिशतभन्दा बढी व्याज लिन पाइँदैन लगायतका नरा प्रदर्शनमा लगाएका थिए । मण्डल […]
सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १६ गते । सिरहाबाट स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक सिरहा नगरपालिका वडा नं.१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव र वडा नं. ७ हेमनारायण चौक बस्ने ४२ वर्षीय संजय कुमार साह रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार […]
बटेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत महतो हाजिर

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । बटेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजगिर महतो आएका छन् । नव प्रशासकीय अधिकृतको रुपमा आएका महतो शुक्रबार कार्यालयमा हाजिर भएका हुन् । उनलाई एक कार्यक्रम गरि पालिका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।समान्य प्रशासन मन्त्रालयले यसअघि झण्डै एक वर्ष कार्यकाल सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माको […]
सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । सर्लाहीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका २८ वर्षीय अशोक चौधरी छन् ।सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीमा भइहेको मोटरेवल पुल निर्माणमा खटिएका चौधरीको हाइटेन्सन लाइनको तार छुँदा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करेन्ट लागेर गम्भीर घाइते […]
सिरहामा बाढीले बगाउँदा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौं ११ गते । सिरहामा सर्रे खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादव छन् । शनिबार बाढीले बगाएको उनको शव नहरा-भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।
आरती साह मृत्यु प्रकरणको उच्चस्तरीय छानबिन समितिद्वारा अनुसन्धान सुरु

रासस-जनकपुरधाम, भदौ ८ गते । धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरू गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो। समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक […]
सिरहामा नक्कली हतियार देखाएर पैसा असुली गर्ने नक्कली सई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । सिरहामा नक्कली हतियार देखाएर व्यापारी तथा सर्वसाधारणसंग रकम असुली गर्ने नक्कली सई पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रहरी सहायक निरीक्षक (सई) हुँ भन्दै व्यापारीलाई थर्काउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँ पालिका […]