सामाजिक फीड–
जनकपुरधाम, पुस ९ गते ।
सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार झडप हुँदा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन् । हत्या घटनाको विषयमा भेला भएका स्थानीयवासी र खातुन पक्षबीच झडप हुँदा घटना भएको हो ।
गत कात्तिक २७ गते २० वर्षीय कृष्णकुमार महराको हत्या भएपछि स्थानीयहरूले छलफल आयोजना गरेका थिए । छलफलका क्रममा खातुनका भाइ मोहम्मद रहिम नेतृत्वको समूहले कुटपिट गरेपछि स्थिति उग्र बनेको स्थानीयवासीले बताएका छन् ।
झडपमा दुवै पक्षका ९–९ जना गरी १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचार गोलबजारस्थित भूमिजा अस्पताल र वर्धमान अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
मृतक महराको घटनामा संलग्न भएको आरोपमा खातुनले एक किशोरलाई गाउँ छाड्न दबाब दिएको अभिभावकहरूले दाबी गरेका छन ्। छलफलका लागि खातुनलाई बोलाउन जाँदा उनका भाइसहितको समूहले गालीगलौज गर्दै आक्रमण गरेको घाइते दिपर खातुनले बताइन् ।
प्रदेशसभा सदस्य खातुनले भने आफूले कुनै दबाब नदिएको स्पष्ट पारिन् । ‘हत्याजस्तो गम्भीर घटनामा मैले हस्तक्षेप गर्ने कुरा हुँदैन । यो कानुनी विषय हो । मलाई बदनाम गर्न खोजिएको हो,’ उनले भनिन् ।
गाउँको मदरसाका अध्यक्ष मोहम्मद सोवरथले खातुनमाथि आर्थिक हिनामिनाको विषयमा चासो राखेको कारण आफूलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाए। सोवरथले भने, ‘मदरसा हिसाब किताबको माग गरेपछि मलाई फसाउन यो घटना रचिएको हो ।’
प्रहरीले खातुनमाथि हातपातको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ। अर्को पक्षले पनि उजुरी दिएमा कारबाही अघि बढाइने डीएसपी पासवानले बताए। झडपको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।