कोशी ब्यारेज पुलमा बस र ट्रक ठोक्कियो, ट्रक नदिमा खस्यो

सामाजिक फीड– जनकपुरधाम, असार २९ गते सप्तकोशीको नदीको कोशी ब्यारेज पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे […]
साहुले कब्जा गरेका मिटरब्याज पीडितका ८ विघा जग्गा फिर्ता

रासस-काठमाडौं, असार २८ गते । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन […]
मधेश, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार २८ गते । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरे अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको […]
प्रचण्ड पत्नी सीताको निधन

टुडेपाटी-जनकपुरधाम, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा उनको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । Shailendra Kranti
बहुविवाह आरोपमा भंगहा नगरपालिकाका वडाध्यक्ष महतो पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २६ गते । महोत्तरीको भंगहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहु विवाह आरोपमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार जेठी श्रीमती ललिता देवी महतोले मंगलबार दिएको बहुविवाह जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । मंगलबार बेलुका […]
मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप

सामाजिक फीड-जनकपुरधाम, असार २६ गते । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद ३ महिना थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद ३ महिना थप गर्ने निर्णय पनि गरेको हो । सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले काम सम्पन्न गर्न समय लाग्ने भएपछि तीन महिना म्याद थपेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]
छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई ३३ वर्ष कैद

रासस-दैलेख, असार २६ गते । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बाबुलाई ३३ वर्ष कैद सुनाएको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमबार उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए। गत चैत १ गते बलात्कार गरेको भनी पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको […]
धनुषा : रोग लागेर मरेपछि गाडेको बोकाको मासु बेचेको आरोपमा मासु व्यवसायी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । रोग लागेर मरेपछि गाडेको बोकालाई खनेर मासु बेचेको आरोपमा धनुषाबाट एक मासु विक्रेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ का ३८ वर्षीय अशेश्वर पासवान रहेको प्रहरीले जनाएको छ । उनी विदेहनगरपालिकाको तीनकौरिया चोकमा मासु पसल संचालन गर्दै आएका छन् । शनिबार एक स्थानीयको करिब १५ […]
मुख्य नालामाथि क्याम्पसले निर्माण गरेको संरचनामा वीरगञ्ज महानगरले लगायो डोजर

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते मुख्य नालामाथि हरिखेतान बहुमुखी क्याम्पसले निर्माण गरेको संरचनामाथि वीरगञ्ज महानगरले डोजर लगाएको छ । संरचना हटाउन मेयर राजेशमान सिंह दिउँसो डोजर लिएर आफैं क्याम्पसमा पुगेका थिए । क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन डोजर लगाउनु परेको महानगरले जनाएको छ । नालामाथि बनेको […]
आजदेखि प्रदेश र पालिकाको खाता बन्द

सामाजिक फीड-जनकपुरधाम, असार २५ गते । आजदेखि सबै प्रदेश र पालिकाको आर्थिक कारोबार खाता बन्द भएको छ ।महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। […]