सामाजिक फीड-
जनकपुरधाम, असार २६ गते ।
महोत्तरीको भंगहा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहु विवाह आरोपमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार जेठी श्रीमती ललिता देवी महतोले मंगलबार दिएको बहुविवाह जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो । मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।