सामाजिक फीड-
जनकपुरधाम, असार २५ गते ।
रोग लागेर मरेपछि गाडेको बोकालाई खनेर मासु बेचेको आरोपमा धनुषाबाट एक मासु विक्रेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ६ का ३८ वर्षीय अशेश्वर पासवान रहेको प्रहरीले जनाएको छ ।
उनी विदेहनगरपालिकाको तीनकौरिया चोकमा मासु पसल संचालन गर्दै आएका छन् । शनिबार एक स्थानीयको करिब १५ किलोको बोका रोग लागेर मरेपछि गाडेका थिए ।
स्थानीयका अनुसार गाडेको बोकालाई तीनचार घण्टापछि पासवानले उखेलेर ल्याई मासु बनाएर बेचेका थिए । मासु किनेर खाएकाहरुले थाहा पाएपछि प्रहरीमा पासवानविरुद्ध उजुरी दिएका थिए ।
उनलाई आइतबार तीनकौरिया प्रहरीचौकीले पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यायल धनुषा ल्याउन लागिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।