रौतहटमा डुबेर ३ बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा राजदेवी नगरपालिका-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा छन् । आज बिहान गौर नगरपालिका १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानी तर्दै सातजना गौरतर्फ घाँस लिन आउँदै गर्दा डुबेका थिए […]
जनकपुरको निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीद्वारा कार्तिक १६ देखि आन्दोलनको घोषणा

सामाजिक फीड-जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्य गर्न माग गर्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरु ८ सुत्रीय मागसहित कार्तिक १६ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरेका हुन् ।धनुषा जिल्लाका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गरि आफूहरू […]
बारामा माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । बारामा माटोको ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कि ७० वर्षीया सारदा देवी महतो र वडा नम्बर ५ बस्ने वर्ष १५ कासुनिल महतो रहेको प्रहरीले जनाएको छ । आज बिहान ८ : ५० बजेतिर […]
सवारी दुर्घटनामा सप्तरीमा तीन जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज १८ गते । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हुलाकी सडक खण्डअन्तर्गत खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ […]
बीरगञ्जमा ग्यांग फाइट हुँदा एक युवकको हत्या, १० जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । बीरगञ्जमा ग्यांग फाइटको क्रममा एकजनाको हत्या भएको छ । गए राति साढे ११ तिर वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्यांगफाटको क्रममा छुरा प्रहार गरि २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो । मृतक वीरगंज महानगरपालिका –१० अशोक वाटिका निवासी रहेका हुन् । शरीरको विभिन्न भागमा छुरा प्रहारबाट […]
सर्लाहीमा स्कार्पियोले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार […]
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । धनुषामा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको […]
जनकपुरको दुई होटेलमा बालिकालाई १९ दिन बन्धक बनाएर प्रहरीसम्मले गरे बलात्कार, दुई प्रहरी जेल चलान

सामाजिक फीड-जनकपुरधाम, असोज ९ गते । जनकपुरधाममा एक १६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार भएको रहस्य खुलेको छ । प्रहरीको प्रत्यक्ष संलग्नतामा अपहरण गरी मुरलीचोक स्थित होटेल मधेश प्रदेश र पीडारीचोक स्थित सिएफसी होटेलमा असार १७ गतेदेखि साउन ४ गतेसम्म बन्धक बनाएर बलात्कार गरेको दर्दनाक घटना बाहिरिएको हो । दोषीहरुलाई उम्काउन प्रहरीले धेरै […]
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका ७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा पुगेको बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र […]
महान चाड बडादशैं आजदेखि सुरु

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिन घटस्थापनाका साथ नवरात्र प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधाम र श्रद्धाका साथ दशैं मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं […]