Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, असोज २७ गते ।

मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजिनामा दिएकी छन् । उनले आजै मुख्यमन्त्रीलाई पत्र लेख्दै पदबाट राजिनामा दिएकी हुन् ।

उनी लोसपाबाट एकल मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सतिशकमार सिंहले मधेश प्रदेशसभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजिनामा घोषणा गरेकी हुन् ।

यसअघि उनको आफ्नो दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता, काँग्रेस र एमालेले समर्थन फिर्ता लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *