उपलब्धि समाप्त गर्ने प्रयास भए भीषण आन्दोलन हुन्छ : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भए मुलुकले भीषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन्। शनिबार जनकपुरधाममा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित समानुपातिक समावेशी प्रणालीलाई समाप्त पार्ने […]
हसिना सरकारका आठ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध

एजेन्सी जनकपुरधाम,भदौ १५ गते । बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन् । प्रतिबन्धमा परेका पूर्वमन्त्रीहरूमा जाहिद मलिक, दिपु मोनी, मोहिबुल हसन चौधरी नौफेल, साधनचन्द्र मजुमदार, नुरुल मजिद महमूद […]
नेपाल आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

सामाजिक फीड जनकपुरधाम, भदौ १४ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक कर्मचारीको हत्या भएको छ । ज्यालादारीका कर्मचारी सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश वर्माको हत्या भएको हो । घटना बिहान साढे १० बजे आयल निगमको एक कोठामा विवादको क्रममा भएको हो । इलाका प्रहरी कार्यालय सखुवा […]
सप्तरीमा बँदेल मारेको आरोपमा पक्राउ परेका डिआइजीसहित १० जना जमानीमा रिहा

सामाजिक फीडजनकपुरधाम, भदौ १४ गते । सप्तरीमा गोली हानेर मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डिआइजी र अन्य नौ जनालाई जमानीमा छाडिएको छ । सप्तरी प्रहरीले को २ त ६९ नम्बरको ट्याक्टर र त्यसमा राखिएको मृत बँदेल बेवारिसे अवस्थामा भेटेको मुचुल्का बनाएर सवडिभिजन वन कार्यालय कञ्चनपुर पठाएको हो । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख शुभाष यादवले […]
सप्तरीमा सिकार खेल्न गएका पूर्व डीआईजीसहित १० जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ १३ गते । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्व डीआईजी सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पूर्व डिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ६१ वर्षीय ज्ञानविक्रम शाह र बहालबला सई विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने लगायत छन् । यस्तै सप्तरीको तिरहुत गाउँपालिका–१ निवासी ५१ वर्षीय लक्ष्मण मण्डल, […]
साउदी अरबमा मृत्युदण्डबाट जोगिएर घर फर्किए जनकपुरका रामआशिष

सामाजिक फीड– जनकपुरधाम, भदौ १२ गते साउदी अरेबियामा हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी रामआशिष यादव घर फर्किएका छन् । ब्लडमणि तिरेपछि फाँसीबाट जोगिएका यादव सोमबार रुपन्देहीमा आफ्नो जीवन बचाउन पहल गर्नेहरूसँग भेटघाट गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–४ निवासी दुर्गाप्रसाद शर्माको हत्या अभियोगमा यादवलाई ६ वर्ष साउदी जेलमा बिताउनुपरेको थियो। साउदी […]
ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र

जनकपुरधाम, भदौ १२ गते । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र […]
सप्तरीमा ट्यांकरको ठक्करबाट मोटरसाईकलमा सवार दुईजनाको मृत्यु
सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । पूर्व-पश्चिम राजमार्गको सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन्। प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेका अनुसार, महेश कुमारको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु […]
धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
सामाजिक फीड– जनकपुरधाम, साउन ३२ गते । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ का १० वर्षीया संध्या यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार शुक्रबार दिउँसो नुहाउन गएका […]
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको विवाद

सामाजिक फीड-जनकपुरधाम, साउन २७ गते । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयलाई विवाद उत्पन्न भएको छ । विवाद धक्कामुक्कीमै परिणत भएपछि समाधान गर्न प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादव आफैं प्रयोगशालामा पुग्न बाध्य भए। विवादको सुरुवात बिहान सवा १० बजे भयो जब […]