सामाजिक फीड–
जनकपुरधाम, साउन ३२ गते ।
धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ का १० वर्षीया संध्या यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
डिएसपी अवाका अनुसार शुक्रबार दिउँसो नुहाउन गएका दुबैजना बालिकालाई खाल्डोमा जमेको पानीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए। दुबैजनाको मृत्यु भइसकेको थियो।
दुबैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले गरिरहेको छ।