सामाजिक फीड
जनकपुरधाम, भदौ १४ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक कर्मचारीको हत्या भएको छ । ज्यालादारीका कर्मचारी सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश वर्माको हत्या भएको हो ।
घटना बिहान साढे १० बजे आयल निगमको एक कोठामा विवादको क्रममा भएको हो । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका अनुसार, घटनामा संलग्न प्रकाश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, विवादले झगडाको रूप लिँदा वर्माको हत्या भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।