Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते ।

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भए मुलुकले भीषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन्।

शनिबार जनकपुरधाममा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित समानुपातिक समावेशी प्रणालीलाई समाप्त पार्ने षड्यन्त्र गरिए पार्टीले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए।

समानुपातिक समावेशी प्रणालीले विभेदमा रहेका समुदाय र वर्गलाई शासन सत्तामा पहुँच पुर्याएको उल्लेख गर्दै अध्यक्ष यादवले ठूला दलहरूलाई यो कुरा पचाउन नसक्दा षड्यन्त्र गर्न थालेको आरोप लगाए।

जसपा नेपालको आधारभूत संगठन निर्माण अभियानलाई आन्दोलनको पहिलो खुड्किलोको रूपमा व्याख्या गर्दै अध्यक्ष यादवले दोस्रो चरणमा वडा देखि प्रदेशसम्मको अधिवेशन सकेपछि तेस्रो चरणमा आन्दोलनको शंखनाद गरिने उद्घोष गरे।

शोषित र पीडित वर्ग अझै पनि अधिकार सम्पन्न हुन नसकेको उल्लेख गर्दै उनले आन्दोलनको विकल्प नरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *