Samajik Feed – News Portal from Nepal

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन सूचना

सामाजिक फीड- जनकपुरधाम, भदौ ५ गते । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।  दुई जना हवल्दार र १० जना जवानहरू सम्पर्कविहीन भएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ । सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका […]

आज नागपञ्चमी पर्व मनाइँदै

सामाजिक फीड-जाकपुरधाम, भदौ ४ गते । नागको पूजाअर्चना गरी आज नागपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन यो पर्व मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास […]

बोरामा राखेर भारत लैजाँदै गरेको अवस्थामा दुई बच्चाको उद्धार, एक भारतीय पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ ३ गते । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको उद्धार गरिएको छ । बाराको देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।  सशस्त्र प्रहरीका अनुसार […]

सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, भदौ ३ गते । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा […]

मधेशका मुख्यमन्त्री यादवको दुईवटा औंलाको अपरेसन

सामाजिक फीड-जनकपुरधाम, भदौ २ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा आज उनको औंलाको शल्यक्रिया गरिएको हो । उनको कान्छी औंला छेउको दुईवटा औंलामा ६/७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको […]

स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रबाटै निर्देशन दिने मानसिकता छ : निधि

सामाजिक फीड- जनकपुरधाम, भदौ २ गते । नेपाली का‌ंग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् । शनिबार काठमाडौंमा कांग्रेसका नेता प्रदीप गिरिको स्मृति दिवसको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले […]

भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा काठमाडौंमा

सामाजिक फीड-जनकपुरधाम, भदौ १ गते । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ काठमाडौं आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि आज उनी भारतबाट काठमाडौं आइपुगेका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति […]

बिहारमा एक पत्रकारको गोली दागेर हत्या

एजेन्सी-जनकपुरधाम, भदौ १ गते । सीमावर्ती भारतको बिहार राज्यको अररिया जिल्लामा एक पत्रकारको गोली हानी हत्या गरिएको छ । बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो । चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएको […]

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत सप्तरीका एक विद्यार्थी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १ गते । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत सप्तरीका एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् । सप्तरीको राजविराज ७ घर भएका नसिम अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी अख्तरलाई गएराति पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं लगिँदै […]

शिक्षा क्षेत्रका माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवको आग्रह

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले आग्रह गरेका छ्न। प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै […]