सामाजिक फीड-
जनकपुरधाम, भदौ १ गते ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत सप्तरीका एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।
सप्तरीको राजविराज ७ घर भएका नसिम अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।
चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी अख्तरलाई गएराति पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं लगिँदै छ ।
उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।
एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।