Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको दायाँ हातको दुईवटा औंलाको अपरेसन गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा आज उनको औंलाको शल्यक्रिया गरिएको हो ।

उनको कान्छी औंला छेउको दुईवटा औंलामा ६/७ वर्षदेखि समस्या थियो । ‘विस्तारै विस्तारै अलि बढी नै मोडिदै गएको थियो । दुखाई पनि बढी नै हुन थालेपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराएको हुँ’ मुख्यमन्त्री यादवले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *