बारामा भारी वर्षा मापन

सामाजिक फीड– जनकपुरधाम, साउन १३ गते । बारामा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ६०.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाको निजगढ स्टेशनबाट भएको मापनमा १२ घन्टाको अवधिमा त्यहाँ १३३ मिलिमिटर वर्षा भएको जनाएको छ । Shailendra Kranti
अब मिटरब्याजीलाई ७ वर्ष जेल सजाय हुने

सामाजिक फीड-जनकपुरधाम, साउन १२ गते । अनुचित लेनदेनलाई फौजदारी अपराध मानेर सरकारले ल्याएको विधेयक पुनः राष्ट्रिय सभाबाट पारित भएको छ । गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित मुलुकी अपराध संहितासम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक बिहीबार राष्ट्रियसभाबाट पुनः पारित भएको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । विधेयकमा गैरकानुनी लेनदेनको लिखत […]
सप्तरीमा एक युवको हत्या, अर्का घाइते

सामाजिक फीड-जनकपुरधाम, साउन १२ गते । सप्तरीमा हत्या भएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० ईनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो । पैनीको हिलैहिलोमा आज बिहान उनको शव फेला परेको हो । उनको हत्या भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी […]
पर्वमा जनकपुरमा हतियार प्रदर्शन गर्न रोक, गरे कारबाही हुने

सामाजिक फीड-जनकपुरधाम, साउन ११ गते । स्थानीय प्रशासनले जनकपुरमा कुनै पनि सम्प्रदायको पर्वमा हातहतियार प्रदर्शनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै पर्वमा कुनै पनि किसिमको हातहतियार सार्वजनिक स्थलमा प्रदर्शन गर्न नपमाउने जनाएको छ । ‘विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन तथा पर्वको अवसरमा […]
महोत्तरीबाट एक मिटरब्याजी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ११ गते । महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी रघुवीर साहका छोरा ईन्द्रजीत साह छन् । उनलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ गरेको महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनी साहुहरुको संगठन लेनदेन संघर्ष समितिका महोत्तरीका सहसचिव हुन् । जिल्ला प्रशासन […]
महोत्तरीमा बैंक लुट्ने गिरोहका एक भारतीय युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ११ गते । महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । छन् । घटनाको झण्डै दुई महिना पश्चात भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीले जानकारी दिए । उनका अनुसार अजयलाई बुधबार […]
एक लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन १० गते । एक लाख घुस सहित काठमाडौंको बुढानिलकण्ठबाट एक प्रहरी हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरिष्ठ हवल्दार विष्णु सिंह छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंहले कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिएको अख्तियारका […]
शुक्रबारसम्म मन्त्री परिषदलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री यादव

सामाजिक फीड-जनकपुरधाम, साउन १० गते । मधेश सरकारले यसै साता मन्त्री परिषदलाई पूर्णता दिने तयारी थालेका छन् । मुख्यमन्त्री सारोजकुमार यादवले शुक्रबारसम्म मन्त्री मण्डललाई पूर्णता दिने बताएका हुन् । ११ जेठमा पाँचौ पटक मन्त्री मण्डल विस्तार गरेपनि अझै अपुरो छ । सत्ता गठबन्धनमा भागवण्डा नमिल्दा गृह संचार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय […]
सर्लाहीमा अनुसन्धान अधिकृत मृत भेटिए

सामाजिक फीड-जकपुरधाम, साउन १० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् ।ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह मृत फेला परेका हुन् उनी फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । सोही स्थानमा […]
कमलामा बाँसको पुल बनाएर वारपार

रासस-सिरहा, साउन ९ गते । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि, बीचमा कमला नदी । भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेुस प्रदेशको राजधानी […]