Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ११ गते ।

महोत्तरीमा एनएमबी बैंक लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । छन् । घटनाको झण्डै दुई महिना पश्चात भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमारलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीले जानकारी दिए ।

उनका अनुसार अजयलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका अजय माथि हातहतियार र चोरी डाकाँ शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिइ अनुसन्धान गरिरहेको छ ।

महोत्तरी गाउँपालिका २ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४÷५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

नम्बर उल्लेख नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।
घटनामा सिसीटिभी फुटेजको आधारमा लुटेराहरुको पहिचान खुलिसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *