Samajik Feed – News Portal from Nepal

जनकपरबाट मोटरसाइकल चोरी गर्दै गर्दा दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार १७ गते । जनकपुरबाट मोटरसाइकल चोरी गरी गर्दै गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका –१ का २५ वर्षीय देवेन्द्र साह र वडा नं. १७ का १८ वर्षीय रविन्द्र कुमार पासवान छन् । शनिबार बिहान साढे १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका –१४ वस्ने सरोज कुमार यादवले पिडारी […]

रौतहटमा आमा र छोरीको हत्या

सामाजिक फीड-जनकपुरधाम, असार १६ गते । रौतहटमा आमा छोरीको हत्या भएको छ । मौलापुर नगरपालिका ४ बौधा पतौराका २४ वर्षीया कविता देवी साह र छोरी करिब दुई वर्षीया रोही कुमारी साहको गए राति हत्या भएको हो । छोरीको शव घरको पंखामा झुण्डेको अवस्थामा आज बिहान भेटिएको छ । कविता देवीको शव आगनमा फेला परेको रौतहटका […]

आरती साह मृत्यु प्रकरण : धनुषाका एसपी डिएसपीबिरुद्ध किटानी जाहेरी

सामाजिक फीडजनकपुरधाम, असार १६ गते । धनुषाका प्रहरी प्रमुख (एसपी) र डिएसपीसहितका प्रहरीहरुबिरुद्ध किटानी जाहेरी परेको छ । धनुषाको नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी २० वर्षीया छोरी मनिषा साहले शुक्रबार हुलाकबाट जाहेरी पठाएकी हुन् । मनिषा गत जेठ ७ गते रहस्यमय मृत्यु भएकी जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया अरती साहकी बहिनी हुन् । […]

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

रासस-भरतपुर, असार १५ गते । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहीबार दिउँसो देखि बन्द छ। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि उक्त सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ। पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको […]

आज यी स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार १५ गते । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी […]

मुस्लिम धर्मावलम्बी आज बकर इद मनउँदै, देशभर सार्वजनिक बिदा

रासस-काठमाडौं, असार १४ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]

सरकारले आलु प्याजमा लगाएको १३% भ्याट खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, असार १३ गते । सरकारले आलु प्याजमा १३ % लगाएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ । जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायी जनकपुरको विभिन्न भागमा प्रदर्शन गरेका हुन् ।आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गर्दै […]

महोत्तरीमा पुलबाट मोटरसाइकल खस्दा जनकपुरका एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम,असार १२ गते । जनकपुर- जलेश्वर सडक खण्डमा मोटरसाइकल पुलबाट खस्दा एक युवकको मृत्यु भएको । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेल रहेका छन् । ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल आज मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल […]

आज यी स्थानहरुमा वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, असार १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना […]

भंगहा नगरपालिकाको बजेट ५९ करोड 

सामाजिक फीड-महोत्तरी, असार ११ गते । महोत्तरीको भंगहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँ बजेट ल्याएको छ । आइतबार नगरपालिकाको १२ औं नगरसभामा मेयर संजिव कुमार साहले ५८ करोड ९७ लाख १८ हजार अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई समेटेर उक्त बजेट प्रस्तुत गरिएको हो […]