Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम,असार १२ गते ।

जनकपुर- जलेश्वर सडक खण्डमा मोटरसाइकल पुलबाट खस्दा एक युवकको मृत्यु भएको । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ३० वर्षीय मोटरसाइकल चालक दीपेश ढुङ्गेल रहेका छन् ।

ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटरसाइकल आज मंगलबार बिहान जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर दुर्घटना भएको हो ।

जलेश्वरबाट आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र बिहान साढे ६ बजे मात्र स्थानीयबासिन्दाले मोटरसाइकल र शव देखेपछि जानकारी भएको महोत्तरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

घट्नाको प्रकृति हेर्दा मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!