Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १७ गते ।

जनकपुरबाट मोटरसाइकल चोरी गरी गर्दै गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका –१ का २५ वर्षीय देवेन्द्र साह र वडा नं. १७ का १८ वर्षीय रविन्द्र कुमार पासवान छन् ।

शनिबार बिहान साढे १० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका –१४ वस्ने सरोज कुमार यादवले पिडारी चोकमा पार्किङ गरि राखेको प्रदेश ०२–००३ प. ३७८४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुबैजनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार माटरसाइकल सम्बन्धित धनिलाई बुझाईएको र चोरीमा संलग्न दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *