Samajik Feed – News Portal from Nepal

पिकपमा लैजान लागिएको अवैध काठसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सुरक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले अबैध रुपमा फडानी […]

बटेश्वरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको अवसर सोमबार बटेश्वर युवा संजालले आयाजना गरेको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उत्तम बाल युवा क्लव, बटेश्वर–३ प्रथम भएको छ । यस्तै मिथिला नगर युवा संजाल दोश्रो र महोत्तरीको भंगहा नगरपालिका स्थित […]

इलाममा भ्रमण बस दुर्घटना अपडेट : धनुषाका दुईजनाको मृत्यु, २२ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते । धनुषाबाट शैक्षिक भ्रमणका लागि इलामको कन्याम पुगेर र्फिरहेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका ३ कोलबुङमा सडकबाट करिब ३ सयमिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाधाम नगरपालिका ९ […]

उदाउँदो सूर्यको अर्घ्य दिँदै सकियो छठ

जनकपुरधाम , मंसिर ४ गते । आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि छठ विधिवत सम्पन्न भएको हो । चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने […]

आज लोक आस्थाको महापर्व छठ मनाइँदै, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३ गते । आज जनकपुरधामसहित देशैभर हर्सोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।अस्ताउँदो सूर्यलाई अर्घदिन जनकपुरधामको पोखरी तलाउमा बनाइएको छठ घाटमा बिहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र […]

हृदयघातबाट धनुषाका एक शिक्षकको निधन

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । धनुषामा हृदयघात एक शिक्षकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका –२ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालयमा कार्यरत्त शिक्षक दिलीप कुमार सिंहको निधन भएको छ । ५२ वर्षीय शिक्षक सिंहको मध्यराति हृदयबाट मृत्यु भएको उनका दाईसमेत रहेका विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए । राहत शिक्षकको रुपमा […]

छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । भगवान सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोश्रो दिन आज खरना मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियमनिष्ठापूवर्क मनाइने छठको दोश्रो दिन आज साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ […]

छठ पर्व सुरु, आज ‘नहाय–खाय’

सामाजिक फीड-जनकपुरधाम, मंसिर १ गते । भगवान सूर्यको उपासना गरि मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष […]

सूर्य उपासनाको पर्व ‘छठ’ को तयारी

रासस-जनकपुरधाम, कार्तिक ३० गते । सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका […]

सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् । प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा राईलाई ठक्कर दिएको थियो । बुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट […]