सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते ।
धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको अवसर सोमबार बटेश्वर युवा संजालले आयाजना गरेको प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा उत्तम बाल युवा क्लव, बटेश्वर–३ प्रथम भएको छ । यस्तै मिथिला नगर युवा संजाल दोश्रो र महोत्तरीको भंगहा नगरपालिका स्थित भंगहा माध्यमिक विद्यालय तेश्रो भएका छन् ।
प्रथम हुने उत्तम बाल युवा क्लवलाई नगद ५ हजार, कप र ट्रफी प्रदान गरिएको छ । दोश्रो हुने मिथिला नगर बाल संजाललाई नगद ३ हजार, कप ट्रफी र तेश्रो भएको भंगहा माविलाई नगद २ हजार, कप र ट्रफि प्रदान गरिएको आयोजक बटेश्वर युवा संजालका संयोजक सरोज महतोले जानकारी दिए ।
बालबालिकाको पढाइप्रति हौसला बढाउन तथा अन्तर्निहीत क्षमताको विकास गर्ने उद्देयले हाजिरी जवाफ प्रतियोगिता आयोजन गरिएको थियो ।
प्रतियोगितामा विभिन्न १९ वटा विद्यालय तथा बाल युवा क्लवको टीमले भाग लिएको थियो । विभिन्न पाँच राउण्डमा सहभागी समुहहरुलाई प्रश्न सोधिएको थियो ।
उत्कृष्ट भएका टिमहरुलाई बटेश्वर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विजय कुमार महतो, कार्यक्रमका सहयोगी सनसाइन बोर्डिंग स्कुल कार्तिक कुमारका प्रिन्सिपल श्रवण महतो, संजालका प्रतिनिधि रामवरण महतो, विर्जु महतो लगायतले पुरस्कार वितरण गरेका थिए ।
यसअघि गत मंसिर १ गते युवा संजालले बटेश्वर मन्थन, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र रगत समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।