Samajik Feed – News Portal from Nepal

रौतहटमा नाचे हिन्दी फिल्मका सुपरस्टार गोबिन्दा, रमाए दर्शक

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । रौतहटको मौलापुरमा शुक्रबार सुरु भएको मधानी महोत्सव उदघाटनमा बलिउड अभिनेता गोबिन्दा सहभागी भएका छन् । महोत्सवको उदघाटनमा भारतीय फिल्मी क्षेत्रका सुपरस्टर गोविन्दा आएपछि दर्शकको भीड लागेको थियो । उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका थिए । कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका […]

आज महाशिवरात्रि मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । आज आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइँदै छ । आज बिहानैदेखि शिवालयमा पुजाआजाका गलागि भक्तजनहरुको भीड लागेको छ । धनुषा जनकपुरधाम शिव मन्दिर, कपिलेश्वरनाथ महावेदव, क्षीरेश्वरनाथ महादेव, बटेश्वर स्थित बटेश्वरनाथ, भुवनेश्वर नाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायत शिवालयहरुमा बिहहानैदेखि भक्तजनको भीड लागेको छ । वैदिक सनातन […]

नेता साहको आश्वासन -‘जथाभावी स्कुल बस चलाएर मान्छे मार्नेमाथि कारबाहीको लागि पहल गर्छु’

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु भएका बिन्धीका मृतक ५८ वर्षीया देवकली साह र २६ वर्षीया राखी देवी यादवको घरमा पुगेर माओवादी केन्द्रका नेता भरत प्रसाद साह पुगेर संवेदना प्रकट गरेका छन् । माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री समेत रहेका साह बिहीबार घरमै पुगेर मृतक […]

यात्रुबाहक बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु, ३७ जनाको जिवितै उद्धार

सामाजिक फीड-जनकपुरधाम, फागुन २३ गते । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । प्रहरीले ३७ जनाको प्रहरीले जिवितै उद्धार गरेको छ ।मृत्यु हुनेमा पाँचजना पुरुष र एक महिला छन् । काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस आज बिहान धादिङ गजुरीस्थित गलौदीमा आज बिहान […]

मिथिला मध्यमा परिक्रमा विश्रामस्थलहरुमा दुईदिन माछामासु विक्रीवितरण गर्न रोक

सामाजिक फीड-जनकपुरधाम, फागुन २२ गते । पन्ध्र दिने मथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा र्दुइदिन माछामासु विक्रीवितरण रोक लगाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । यस्तै डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निर्णय जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले निर्णय गरेको हो । ‘…परिक्रमा क्षेत्रमा परापूर्वकाल देखि चलि आएको परिक्रमा […]

धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना गम्भीर

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । धनुषामा स्कुल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज अपराहन्न साढे ४बजे बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन […]

धनुषा र महोत्तरी भएर बग्ने रातु नदीको उत्खनन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । महोत्तरी र धनुषा भएर बग्ने रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेकपा एमालेका नेता शंकर महतो समेत राजनीति दलका प्रतिनिधिले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासले रातु नदीको उत्खनन रोक्न अन्तिरिम आदेश दएको हो । […]

भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिसँग प्रहरीले खोस्यो गोली लोड भएको पेस्तोल

सामाजिक फीडजनकपुरधाम, फागुन १९ गते । सर्लाहीबाट प्रहरीले गोली लोड गरिएको पेस्तोल दुई युवकबाट खेसेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवामा भारत तिरबाट आएका दुई युवकबाट शुक्रबार साँझ प्रहरीले गोली लोड गरिएको पेस्तोल खोसेको हो । मेड इन यूएसए लेखिएको पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र […]

भंगहाको सितामाई सहकारीका संचालक वचतकर्ताको झण्डै २ करोड रकम लिएर सम्पर्कविहीन

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । महोत्तरीको भंगहा नगरपालिका ५ सीतापुरमा रहेको सीतामाई कृषि सहकारी संस्था लिमिटेडमा वचतकर्ताको झण्डै २ करोड दुई कारोड रकम लिएर संचालक फरार भएका छन् । संस्थाका अध्यक्ष अनिल कुमार सिंह १५० भन्दा बढी वचतकर्ताको रकम लिएर फरार भएको भन्दै पीडितहरु प्रहरी प्रशासन गुहारेका हुन् । २०७१ सालमा स्थापना भएको सहकारीका […]

टिपरको ठक्करबाट टाटासुमोका चालकसहित तीनजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, फागुन १८ गते । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते छन् । मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, सोही ठाउँ बस्ने वर्ष ४४ की दिपा खनाल र सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेको प्रहरीले जनाएको […]