सामाजिक फीड-
जनकपुरधाम, फागुन २५ गते ।
रौतहटको मौलापुरमा शुक्रबार सुरु भएको मधानी महोत्सव उदघाटनमा बलिउड अभिनेता गोबिन्दा सहभागी भएका छन् । महोत्सवको उदघाटनमा भारतीय फिल्मी क्षेत्रका सुपरस्टर गोविन्दा आएपछि दर्शकको भीड लागेको थियो ।
उनको प्रस्तुति हेर्न हजारौंको संख्यामा रौतहट लगायतका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका थिए । कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको बताए । उनी शुक्रबार नै फर्किएका छन् ।
महोत्सवमा सहभागी हुन हिन्दी फिल्मी क्षेत्रका कलाकारसंगै नेपाली र भोजपुरी क्षेत्रका पनि चर्चित कलाकारहरु आएका हुन् ।
पर्र्यटकीय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव सुरु भएको हो ।
मौलापुर नगरपालिकाले प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्ने गर्दछ । मधानी महोत्सवमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ ।