सामाजिक फीड-
जनकपुरधाम, फागुन २० गते ।
धनुषामा स्कुल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज अपराहन्न साढे ४
बजे बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिंग स्कुलको ना १ क ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो ।
चालक रुपेश गम्भीर घाइते भएका छन् । दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहको छ । स्थानीयका अनुसार दुबै दाजुभाइ हुन् ।
बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खोजी कार्य र दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आज बिहानै धनुषाकै जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा जनकपुरको एंजल्स बोर्डिंग स्कुलबसले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ भने अन्य ६ घना घाइते एको छ भने अन्य ६ घना घाइते छन् ।