सामाजिक फीड
जनकपुरधाम, फागुन १९ गते ।
सर्लाहीबाट प्रहरीले गोली लोड गरिएको पेस्तोल दुई युवकबाट खेसेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवामा भारत तिरबाट आएका दुई युवकबाट शुक्रबार साँझ प्रहरीले गोली लोड गरिएको पेस्तोल खोसेको हो ।
मेड इन यूएसए लेखिएको पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको पेस्तोल बरामद गरेको हो । दुबै जना भारततर्फ नै फरार भएका छन् ।
बोर्डर आउट पोष्ट सखुअवाबाट गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा गोली लोडेड पेस्तोल बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १० गणले जनाएको छ । कसैलाई मार्ने उद्देश्यले आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।