नेपाल आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

सामाजिक फीड जनकपुरधाम, भदौ १४ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा आज बिहान एक कर्मचारीको हत्या भएको छ । ज्यालादारीका कर्मचारी सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश वर्माको हत्या भएको हो । घटना बिहान साढे १० बजे आयल निगमको एक कोठामा विवादको क्रममा भएको हो । इलाका प्रहरी कार्यालय सखुवा […]
सप्तरीमा बँदेल मारेको आरोपमा पक्राउ परेका डिआइजीसहित १० जना जमानीमा रिहा

सामाजिक फीडजनकपुरधाम, भदौ १४ गते । सप्तरीमा गोली हानेर मारिएको बँदेलसहित पक्राउ परेका पूर्व डिआइजी र अन्य नौ जनालाई जमानीमा छाडिएको छ । सप्तरी प्रहरीले को २ त ६९ नम्बरको ट्याक्टर र त्यसमा राखिएको मृत बँदेल बेवारिसे अवस्थामा भेटेको मुचुल्का बनाएर सवडिभिजन वन कार्यालय कञ्चनपुर पठाएको हो । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख शुभाष यादवले […]
सप्तरीमा सिकार खेल्न गएका पूर्व डीआईजीसहित १० जना पक्राउ

सामाजिक फीड– जनकपुरधाम, भदौ १३ गते । सप्तरीमा जंगली बँदेल मारेको आरोपमा पूर्व डीआईजी सहित १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पूर्व डिआइजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ निवासी ६१ वर्षीय ज्ञानविक्रम शाह र बहालबला सई विराटनगर महानगरपालिका–३ निवासी ४४ वर्षीय सञ्जय न्यौपाने लगायत छन् । यस्तै सप्तरीको तिरहुत गाउँपालिका–१ निवासी ५१ वर्षीय लक्ष्मण मण्डल, […]
साउदी अरबमा मृत्युदण्डबाट जोगिएर घर फर्किए जनकपुरका रामआशिष

सामाजिक फीड– जनकपुरधाम, भदौ १२ गते साउदी अरेबियामा हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी रामआशिष यादव घर फर्किएका छन् । ब्लडमणि तिरेपछि फाँसीबाट जोगिएका यादव सोमबार रुपन्देहीमा आफ्नो जीवन बचाउन पहल गर्नेहरूसँग भेटघाट गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका–४ निवासी दुर्गाप्रसाद शर्माको हत्या अभियोगमा यादवलाई ६ वर्ष साउदी जेलमा बिताउनुपरेको थियो। साउदी […]
ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र

जनकपुरधाम, भदौ १२ गते । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ नेपाली अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा १७६ नेपाली सहित कुल ७०० जना अलपत्र परेको उल्लेख गरेको छ । ती मध्ये अधिकांश अवैध बाटोबाट अमेरिका जाने क्रममा त्यहाँ पुगेको बताइएको छ । ब्राजिलस्थित नेपाली दूतावासले विमानस्थलमा अलपत्र परेका मध्ये कसैसँग जायज कारण र कागजपत्र […]
सप्तरीमा ट्यांकरको ठक्करबाट मोटरसाईकलमा सवार दुईजनाको मृत्यु
सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । पूर्व-पश्चिम राजमार्गको सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन्। प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेका अनुसार, महेश कुमारको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु […]
धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
सामाजिक फीड– जनकपुरधाम, साउन ३२ गते । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ का १० वर्षीया संध्या यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । डिएसपी अवाका अनुसार शुक्रबार दिउँसो नुहाउन गएका […]
मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशकको विवाद

सामाजिक फीड-जनकपुरधाम, साउन २७ गते । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयलाई विवाद उत्पन्न भएको छ । विवाद धक्कामुक्कीमै परिणत भएपछि समाधान गर्न प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र सचिव डा. प्रमोद यादव आफैं प्रयोगशालामा पुग्न बाध्य भए। विवादको सुरुवात बिहान सवा १० बजे भयो जब […]
मोनाष्टिक विद्यालयका विद्यार्थी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी

सामाजिक फीड-जनकपुरधाम, १८ जेठ । जनकपुरको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय टोली काठमाडौं गएका हुन् । उनीहरु शुक्रबार काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (केआइएमएफएफ) मा सहभागी हुन लागेको जनाएको छ । विद्यार्थीहरू च्याम्पियनिङ यंग फिल्ममेकरहरू […]
जानकी मेडिकल कलेजमा सुत्केरीको मृत्यु घटना साढे १३ लाखमा मिल्यो

सामाजिक फीड-जनकपुरधाम । वैशाख ३१ गते । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु घटना साढे १३ लाखमा मिलापत्र भएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । आज अपराह्न मृतक र अस्पताल प्रशासनबीच भएको […]