डा. जामुन सिंह प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा नियुक्त

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । प्रादेशिक अस्पताल जनकपुरको निर्देशक पदमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ उनलाई नियुक्त गरेको हो । बिगत १० वर्षदेखि प्रादेशिक अस्पताल जनकपुरमा सेवा गर्दै आएका बरिष्ठ बालरोग विशेषज्ञ डा. सिंहले अब निर्देशकको जिम्मेवारी […]
मधेशका बालबालिकामा बढ्दै कुपोषण

रासस-जनकपुरधाम, असोज ४ गते । मधेश प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ । मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने […]
सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–२, खोक्सिटोल निवासी ४८ वर्षीय ललित दासलाई प्रहरीले बुधबार नेपाल–भारत सीमा नजिकै गोरगम्मा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार, दास भारतबाट नेपालतर्फ स. १० प. ९८५३ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा चेकजाँच […]
आज संबिधान दिवस : कतै कालो, कतै उज्यालो दिन मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । आज असोज ३ गते अर्थात संविधान दिवस । आज संबिधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज नागरिक स्तरबाट संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नेशनल […]
बारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ४१ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। काँकडभिट्टादेखि दाङतर्फ गइरहेको ना ८ ख ११६४ नम्बरको बस गएराति १२ बजे अनियन्त्रित भएर पुलबाट खसेको हो ।दुर्घटनाा दाङको गडवा गाउँपालिका–५ निवासी चेतन राय यादवको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी […]
मधेश प्रदेशमा भदौ ३१ गते सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, भदौ २८ गते। मधेश प्रदेश सरकारले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आगामी भदौ ३१ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । गृह, संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी गराएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा, २०८० […]
जेलबाट रिहा भए केजरीवाल

एजेन्सी-जनकपुरधाम, भदौ २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् । तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् । जेलबाट बाहिर आएपछि केजरीवालले आफु सहि भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको थियो । सर्वोच्च अदालतले मदिरा नीतिसँग […]
सीके राउत श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा लिएर पुगे अदालत

सामांजिक फीड-जनकपुरधाम, भदौ २७ गते । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत पुगेका छन् । उनले ललितपुर जिल्ला अदालतमा आफ्नो श्रीमती सोनी सिन्धुसँग सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका हुन् ्। अदालतका प्रवक्ता रामसजिवन महतोका अनुसार, राउतले भदौ १२ गते नै मुद्दा दर्ता गराएका थिए । राउतको फिरादपत्रमा उनकी श्रीमती सोनी सिन्धु […]
वाइफाईको विवादमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या, दुई छोरी घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । बरामा खुर्पा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बचाउन गएका दुई छोरी घाइते भएकी छन् । हत्या हुनेमा बाराको निजगढ नगरपालिका ९ की ४० वर्षीया लक्ष्मी राइ छन् । बचाउन गएकी उनका जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको बाराका प्रहरी प्रवक्ता डिएसपी […]
बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ २६ गते । बारा, महागढीमाई नगरपालिका १० का ११ वर्षीय राकेश शर्मा विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका राकेशलाई अस्पताल पुर्याउन ढिलो हुँदा उनको ज्यान गएको हो। प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बालकलाई ढिलो गरी अस्पताल ल्याइएकाले बचाउन नसकिएको […]