नेपालमा हिन्दु धर्म मान्ने जनसंख्या८१ प्रतिशतभन्दा बढी

सामाजिक फीड-जनकपुरधाम, जेठ १९ गते । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । […]
महोत्तरीमा कुटपिटबाट एकजनाको मृत्यु

सामजिक फीड-जनकपुरधाम, जेठ २१८ गते । महोत्तरीम झै-झग्डाको क्रममा कुटपिट हुँद एकजनाको मत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो । गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा […]
महोत्तरीमा एक सपेराको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ १८ गते । महोत्तरीमा एक जना भारतीय सपेरा मृत फेला परेका छन् । भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ मृत फेला परेका हुन् । उनी महोत्तरी गौशाला नगरपालिका १ रामनगर स्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा बुधबार मृत फेला परेका छन् ।महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीका अनुसार […]
महोत्तरीबाट ८५ लाख मूल्यबराबरको दुई ट्रक सालको काठ बरामद

सामाजिक फीड-जनकपुरधाम, जेठ १६ गते । महोत्तरीबाट ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.६ख. ६६६४ र ना.६ख. ६२७२ नम्बरको ट्रकलाई बर्दिबास नगरपालिका ५ स्थितबाट नियन्त्रणमा लिएको हो । दुबै ट्रकबाट १२१ वटा सालको काठको गोलिया प्रहरीले बरामद गरेको छ । […]
श्रीमानको मृत्युपछि परपुरुषसंग लिभिङ टुगेदर, त्यसपछि हत्या

सामजिक फीड-जनकपुरधाम, जेठ १६ गते । सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ । श्रीमान्को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकी सप्तरीको बलान बिहुल गाउँपालिका ५ घर भई राजविराज नगरपालिका ४ बजरंग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादवको हत्या आरोपमा प्रेमी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय […]
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब बजेट

सामजिक फीड-जनकपुरधाम, जेठ १६ गते । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ ।कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् […]
भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, जेठ १६ गते । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना भएको हो । सातजनाको मृत्यु भइसकेको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको […]
आज सोह्रौँ गणतन्त्र दिवस मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । आज देशभर विभिन्न कार्यक्रम गरी सोह्रौँ गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुरु गरिएको थियो । त्यसको खुसियालीमा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाउने गरिएको हो । राज्यको सम्पूर्ण शक्ति जनतामा […]
रेशम चौधरी जेलमुक्त

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज बिहानै कारागारबाट रिहा भएका हुन् । मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय […]
दुई करोड रकम हिनामिना गरेको आरोपमा हुलाक कार्यालय प्रमुख पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १४ गते । बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा ५० वर्षीय कुर्मीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो । पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका […]