एजेन्सी-
जनकपुरधाम, जेठ १६ गते ।
भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।
अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना भएको हो । सातजनाको मृत्यु भइसकेको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।
घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटना विषयमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।