सामाजिक फीड-
जनकपुरधाम, जेठ १४ गते ।
बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा ५० वर्षीय कुर्मीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।
बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् ।
कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए ।