कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

सामाजिक फीड जनकपुरधाम, श्रावन १८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ । बोर्डले […]
कुटपीट गरी भोगेन्द्र ठाकुरको हत्या, मिटरब्याज पीडितहरूले शवसहित जनकपुरधाम मा गरे विरोध प्रदर्शन

जनकपुरधाम सामाजिक फीड, जनकपुरधाम, १७ साउन धनुषाधाम नगरपालिका-२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरि हत्या भएको विरोधमा मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले मंगलबारदेखि स्वर्गद्वारी स्मसानघाटमा शव राखेर धर्ना दिएका थिए र बिहीबार जनकपुर बजारमा शवसहित प्रदर्शन गरे। उनीहरूले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध नाराबाजी गर्दै रामचोक, जनक चोक, शिवचोक, र भानुचोकमा परिक्रमा […]
बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन १७ कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका -२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास […]
भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन १६ भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न […]
बाढीले प्युठानको बुढादेवी बजार डुबायो, भालुबाङ–चकचके सडक अवरुद्ध

सामाजिक फीड जनकपुरधाम, श्रावन १६ प्युठान नगरपालिका-१० बुढादेवी बजारमा भुस्बाङ खोलाको बाढी पसेर बजार र आसपासका बस्तीहरू डुबानमा परेका छन्। स्थानीयबासीका अनुसार कम्तीमा १२ घर डुबानमा परेको छ, जसमा पुरानो गाविस भवन र एउटा कृषि फार्म पनि समावेश छन्। पार्वती सुनार, डिल बहादुर सार्की, आत्माराम सुनार, गीता नेपाली, कृष्ण बहादुर केसी लगायतका घरहरूमा बाढीले क्षति […]
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले जवाफ दिने तयारी

सामाजिक फीड जनकपुरधाम, श्रावन १५ माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ। यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछि दिउँसो १ बजे हुने भएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदै छ। केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो। आजको बैठकमा उठेका प्रश्नहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ […]
तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस

सामाजिक फीड जनकपुरधाम, श्रावन १५ सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो । साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश […]
गोरखाको धार्चेमा पहिरोमा बेपत्ता पाँच जनाको अवस्था अझै अज्ञात

सामाजिक फीड जनकपुरधाम, श्रावन १४ उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । शनिवार राति भीषण पहिरामा बेपत्ता भएकाहरुको खोजी सुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ भने अहिलेसम्म कोही […]
गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिका र एक किशोरको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन १३ इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ । इजरायली सेनाले […]
सिमलताल दुर्घटना: बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किदै

सामाजिक फीड जनकपुरधाम, श्रावन १३ चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ । नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी […]