जनकपुरधाम
सामाजिक फीड,
जनकपुरधाम, १७ साउन
धनुषाधाम नगरपालिका-२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिट गरि हत्या भएको विरोधमा मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले मंगलबारदेखि स्वर्गद्वारी स्मसानघाटमा शव राखेर धर्ना दिएका थिए र बिहीबार जनकपुर बजारमा शवसहित प्रदर्शन गरे। उनीहरूले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध नाराबाजी गर्दै रामचोक, जनक चोक, शिवचोक, र भानुचोकमा परिक्रमा गरे।
प्रहरीले हत्या आरोपमा सुरजी मुखिया र उनका छोरा नागेश्वर मुखियालाई पक्राउ गरेको छ, तर मिटरब्याज पीडित संघर्ष समितिले अन्य ऋणदाताहरूलाई पनि पक्राउ नगरेसम्म शव नजलाउने बताएका छन्।