Samajik Feed – News Portal from Nepal

१० लाख रकमको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि

सामाजिक फीड जनकपुरधाम, भाद्र १२ मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ। ३२ वर्षीय एक युवालाई गिरोहले भारतको कलकत्ता पुर्‍याएर उनको मिर्गौला झिकेको हो। मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले यस कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेपछि यस सम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएका छन्। ब्युरो प्रमुख प्रहरी वरिष्ठ […]

मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ- आमिर खान

सामाजिक फीड जनकपुरधाम, भाद्र १२ काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले आफुलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् । ५९ बर्षिय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवन बारे चर्चा गरेका हुन् । बलिउडमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर […]

धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा

सामाजिक फीड जनकपुरधाम, भाद्र ११ बैतडी जिल्लाको सुर्नया गाउँपालिका २ मा अवस्थित पाताल भुवनेश्वर धाम, ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । दक्षिण एसियाकै लामो मानिएको यो गुफा, उचित संरक्षण र प्रचार प्रसारको कमीका कारण जनमानसमा लोकप्रिय हुन सकेको छैन । गुफाको संरक्षणमा स्थानीय सरकारको उदासीनता स्पष्ट देखिन्छ […]

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

सामाजिक फीड जनकपुरधाम, भाद्र ११ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ । अमेरिकी अन्तरिक्ष यात्री ब्यारी विल्मोर र सुनिता विलियम्सलाई जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा स्टारलाइनरको पहिलो मानवयुक्त परीक्षण उडानमा पठाइएको […]

विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको तयारी शुरु

सामाजिक फीड जनकपुरधाम, भाद्र ८ विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीलाई तिव्र पारिएको छ । बाराको महागढीमाई नगरपालिकामा रहेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा यस बर्ष हुने मेलाको तयारीमा महागढीमाई नगरपालिकाले तिव्र गतिमा कार्य अगाडी बढाएको छ । नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपटकको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका नगरपालिकाले तयारी सुरु गरेको […]

भारतको विहारमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना

सामाजिक फीड जनकपुरधाम, भाद्र ८ भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।  ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहिले […]

जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ

सामाजिक फीड जनकपुरधाम, भाद्र ८ १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने १९ वर्षीय अनिश लिम्बु, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, १९ वर्षीय सुनिल राजवंशी, १९ वर्षीय सुदिप श्रेष्ठ र १९ वर्षीय सुजन डाँगी रहेका […]

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

सामाजिक फीड जनकपुरधाम, भाद्र ८ बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिनेर अहिले चर्चामा आएकी छन्  । मोदीलाई उछिनेसँगै  श्रद्धा अब इन्स्टाग्राममा सबैभन्दा धेरै फलो हुने दोस्रो भारतीय बनेकी छिन् […]

भारतमा १५१ प्रदेश तथा केन्द्रीय सांसदमाथि महिला उत्पीडनको मुद्दा

सामाजिक फीड जनकपुरधाम, भाद्र ८ भारतमा भर्खरै कोलकातामा एक महिला डाक्टरको बलात्कार र हत्याको घटना बाहिर आएको थियो जसले विश्वभर नै स्तब्ध बनाएको थियो । त्यस्तै महाराष्ट्रको बदलापुरको एक विद्यालयमा दुई नाबालिगको यौन शोषण र अकोलामा विद्यालयकी छात्राहरुमाथि दुर्व्यवहारको खबर आएपछि यो विषय अझ चर्चामा रहेको छ । यसै प्रसंगमा एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर) […]

एनसेललाई ९ दिनको अल्टिमेटम: १९ अर्ब नबुझाए लाइसेन्स रद्द हुने प्राधिकरणको चेतावनी

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई मोबाइल सेवा लाइसेन्स नवीकरणका लागि १९ अर्ब रुपैयाँ बुझाउन ९ दिनको समयसीमा दिएको छ। निर्धारित समयभित्र रकम नबुझाएमा एनसेलको लाइसेन्स स्वतः रद्द हुने चेतावनी प्राधिकरणले बिहीबार दिएको हो। प्राधिकरणले यसअघि एनसेलको निवेदनमा किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउने सुविधा अस्वीकार गरेको थियो। नियामक निकायले स्पष्ट पारेको छ कि […]