Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भाद्र ८

भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । 

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *