Samajik Feed – News Portal from Nepal

आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने

काठमाडौँ, २४ जेठ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले विभिन्न माग राख्दै आउँदो असार २ गतेदेखि बैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बिहिबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् । ‘वैदेशिक रोजगारीमा गएकाहरूको रगत र […]

दक्षिणकालीमा महिला र पुरुषको शव फेला

सामाजिक फीड, काठमाडौँ, २४ जेठ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका स्थानीयले […]

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

काठमाडौँ, २४ जेठ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म […]

जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै 

जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ । जनमतले सतिशकुमार सिंहलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस […]

मधेश प्रदेशमा जसपा नेपालको सरकार ढल्यो

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन् । कूल १०७ प्रदेश सभा सदस्यमा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्नेमा उनले ५० मतमात्रै प्राप्त गरे । प्रदेश सभा बैठकमा उपस्थिति १०३ सदस्यमध्ये मुख्यमन्त्रीमाथि प्रदेश […]

मुख्यमन्त्रीले आजै विश्वासको मत लिने 

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् । यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफू बिरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए । तर उनको विश्वासको मत लिने आज अन्तिम दिन भएको र आज […]

अर्थमन्त्री पुनलाई गगन थापाको चुनौती: बजेटको विश्वसनीयता कसरी सुनिश्चित गर्ने ?

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता माथि कडा प्रश्न उठाउँदै अर्थमन्त्री बर्षमान पुनलाई चुनौती दिएका छन्। महामन्त्री थापाले बजेटको विश्वसनीयता नभएको टिप्पणी गर्दै, “जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको छ,” भनेका छन्। उनले देशको संरचना नै खराब भएको दाबी गर्दै […]

नरेन्द्र मोदीले दिए राजीनामा

सामाजिक फीड, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । उनले चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन् । यसैगरी उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । जसमा सरकारले […]

जनमत पार्टीका सांसद खानको आवाज: तराई–मधेशमा अपराधिक गतिविधि बढिरहेको समस्या

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २३ गते प्रतिनिधिसभामा आयोजित बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटनाको बढिरहेको समस्यालाई उजागर गर्दै उच्चस्तरीय कार्यवाही माग गरेका छन्। आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरेका थिए। उनले भने, “तराई–मधेशका जनता डर र […]

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने

सामाजिक फीडजनकपुरधाम , जेष्ठ २३ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नलिने भएका छन्। आफू बिरामी परेको भन्दै उनले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलकहाँ पत्र पठाएका छन् । बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। […]