Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २३ गते

प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता माथि कडा प्रश्न उठाउँदै अर्थमन्त्री बर्षमान पुनलाई चुनौती दिएका छन्।

महामन्त्री थापाले बजेटको विश्वसनीयता नभएको टिप्पणी गर्दै, “जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुँदै गएको छ,” भनेका छन्। उनले देशको संरचना नै खराब भएको दाबी गर्दै बजेटमा राखिएको लक्ष्य पुरा हुन नसक्ने बताए।

उनले प्रशासनिक सुधारको आधारमा राजस्व वृद्धि कसरी सम्भव छ भन्ने प्रश्न उठाउँदै, “बैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको छ, तर गत बर्ष ५० अर्ब आउँछ भनिएकोमा मात्र ३ अर्ब आएको थियो। यस पटक ५२ अर्ब कसरी ल्याउनुहुन्छ?” भनेर अर्थमन्त्री पुनलाई प्रश्न गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *