Samajik Feed – News Portal from Nepal

कपिलवस्तु मालपोतका नासु खनालविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ जेठ । घुस लिएको आरोपमा कपिलवस्तु मालपोतका नायव सुब्बा नरहरी खनालविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको पाइएको अख्तियारले जनाएको छ । सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा […]

सन्दीपलाई फेरि पनि भिसा दिन अमेरिकाद्वारा अस्वीकार

काठमाडौँ, १७ जेठ। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको हो । नेपाली क्रिकेट समर्थकहरूले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गर्दै आएका छन् । योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना […]

राम चरणको ‘गेम चेन्जर’ चर्चा, कियारा आडवाणीसँग मुख्य भूमिका

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते दक्षिण भारतीय अभिनेता राम चरण आफ्नो आगामी फिल्म ‘गेम चेन्जर’ का कारण पुनः चर्चामा छन्। यस फिल्ममा राम चरणसँग बलिवुड अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा देखिनेछिन्। भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार फिल्मको छायांकन लगभग पूरा भइसकेको छ। राम चरणका प्रशंसकहरू फिल्मको रिलिजको प्रतीक्षामा छन्। फिल्म रिलिज अघि नै यसको […]

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाउने

काठमाडौँ, १७ जेठ । क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो । स्रोतका अनुसार परराष्ट्रले बुधबार दुतावासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो । बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए । भेटमा […]

करण जोहरले ‘धड़क २’ को घोषणा: सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी प्रमुख भूमिकामा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते बलिवुडका प्रख्यात निर्माता एवम् निर्देशक करण जोहरले ‘धड़क’ को सिक्वेलको घोषणा गरेका छन्। सन् २०१८ मा जान्हवी कपुर अभिनीत ‘धड़क’ को सफलतापछि, ‘धड़क २’ दर्शकहरूमाझ आउने तयारीमा छ। ‘धड़क २’ मा ‘एनिमल’ फेम अभिनेत्री तृप्ती डिमरी र ‘गली ब्वाई’ फेम अभिनेता सिद्धान्त चतुर्वेदी मुख्य भूमिकामा देखिनेछन्। तृप्ती पहिलो पटक करण […]

श्रमाधान रोजगार मेला: श्रम यात्रा र रोजगारीका लागि एकद्वार प्रणाली

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ। मधेस प्रदेशमा मेला सञ्चालनका लागि तयारी भइरहेको जानकारी उपसचिव दिपेन्द्र पौडेलले दिएका छन्। उनले मेला सञ्चालनको तयारीबारे जानकारी दिँदै पत्रकारहरूलाई हार्दिक स्वागत गरेका छन्। […]

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजीरी जमानतमा छोडिएपछि, उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरूमाथि अनुसन्धान सुरु भएको छ। प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धानलाई तीव्र बनाउँदै, सिरोहियालाई वंशजको नागरिकता दिने क्रममा संलग्न कर्मचारीहरूको खोजी प्रारम्भ गरेको छ। यस क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको […]

एनिमलपछि बलिवुडमा चम्किएकी तृप्ति: नयाँ कलात्मक दिशामा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म “एनिमल” बक्स अफिसमा ब्लकबस्टर साबित भयो ।। फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर धमाल मचाएकी थिइन्। फिल्मको रिलिज भएपछि उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका छन्। एनिमलको सफलताबाट तृप्ति डिमरीको करियरलाई सबैभन्दा बढी […]

सिंगापुर एयरलाइन्सको विमानमा हवाई तुफान: ४.६ सेकेन्डमै १७८ फिट तल खस्यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते सिंगापुर एयरलाइन्सको अघिल्लो मंगलबार टर्बुलेन्स ९हवाई तुफान०मा परेको विमान ४.६ सेकेन्डमा करिब १७८ फिट (५४ मिटर) तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। एक बेलायती यात्रुको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए। लन्डनबाट सिंगापुरका लागि उडान भरेको विमान म्यानमारको आकाशमाथि पुग्दा टर्बुलेन्समा परेको थियो। त्यसपछि थाइल्यान्डतर्फ डाइभर्ट गरेर […]

कैलाश सिरोहिया रिहा भए

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १७ गते कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई गएराती हिरासतबाट मुक्त गरेको हो। सिरोहियालाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ। […]