Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते

सन् २०२३ को अन्तिम महिना रिलिज भएको फिल्म “एनिमल” बक्स अफिसमा ब्लकबस्टर साबित भयो ।। फिल्ममा तृप्ति डिमरीले केही मिनेटको भूमिका खेलेर धमाल मचाएकी थिइन्।

फिल्मको रिलिज भएपछि उनको अभिनयलाई दर्शकले निकै रुचाएका छन् र उनलाई ‘भाभी २’ को उपनाम समेत दिएका छन्। एनिमलको सफलताबाट तृप्ति डिमरीको करियरलाई सबैभन्दा बढी फाइदा भएको छ। अहिले उनले एक पछि अर्को ठुलो बजेटको फिल्ममा काम गरिरहेकी छन्।

उनको हालै धर्मा प्रोडक्सनको फिल्म ‘धड्क-२’को घोषणा गरिएको छ। फिल्मको छोटो प्रोमो सार्वजनिक गर्दै निर्माताले तृप्ति डिमरी र सिद्धान्त चतुर्वेदी मुख्य भूमिकामा देखिने जानकारी दिएको छ।

यो फिल्म नोभेम्बर २२ मा हलमा रिलिज हुने बताइएको छ। त्यस्तै, उनको अर्को फिल्म ‘ब्याड न्यूज’ पनि आउने भएको छ। फिल्ममा स्टार कास्टको कुरा गर्दा विक्की कौशल र एमी विर्क मुख्य भूमिकामा छन्।

यो फिल्म जुलाई १९ मा बक्स अफिसमा रिलिज हुनेछ। त्यस्तै, ‘भूल भुलैया ३’ मा पनि तृप्ति डिमरी काम गरिरहेकी छिन्। अनीस बज्मीको निर्देशनमा बन्न लागेको चलचित्र ‘भुल भुलैया ३’ को लागि मानिसहरु लामो समयदेखि पर्खिरहेका थिए। फिल्ममा कार्तिक आर्यनले फेरि एकपटक रुह बाबाको भूमिका निभाएर मानिसहरूलाई हँसाउन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *