Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १७ गते

सिंगापुर एयरलाइन्सको अघिल्लो मंगलबार टर्बुलेन्स ९हवाई तुफान०मा परेको विमान ४.६ सेकेन्डमा करिब १७८ फिट (५४ मिटर) तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

एक बेलायती यात्रुको मृत्यु भएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए। लन्डनबाट सिंगापुरका लागि उडान भरेको विमान म्यानमारको आकाशमाथि पुग्दा टर्बुलेन्समा परेको थियो। त्यसपछि थाइल्यान्डतर्फ डाइभर्ट गरेर बैंककमा अवतरण गराइएको थियो।

सिंगापुरका अनुसन्धानकर्ताले उडान डेटा स्टोरबाट फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर विमानबाट लिएका छन्। सिंगापुर एयरलाइन्सले अनुसन्धानकर्तालाई आफूले सघाइरहेको र प्रभावित यात्रु र क्रुको मेडिकल तथा अस्पतालको खर्च पनि व्यहोरेको जनाएको छ।

विमानमा सिटबेल्ट नलगाएका कारण यात्रु घाइते भएका थिए। ४.६ सेकेन्डमा ३७ हजार ३६२ फिटको अल्टिच्युडबाट ३७ हजार १८४ फिटमा झरेको थियो। एक्कासि यस्तो हुँदा क्रु र यात्रु घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!