Samajik Feed – News Portal from Nepal

अभिनेत्री रविना विवादमा, नशाको अवस्थामा वृद्ध महिलामाथि कुटपिटको आरोप

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन्। उनलाई मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै एक वृद्धालाई रक्सीको नशामा कुटपिट गरेको आरोप लागेको छ। घटनाका अनुसार, रविनाको कारले एक वृद्धालाई सामान्य ठक्कर दिएपछि विवाद सुरु भएको थियो। रविनाका चालक र महिलाका परिवारका सदस्यहरूबीच झगडा सुरु भएपछि रविना पनि कारबाट ओर्लेर उनीहरूसँग […]

चन्द्रमामा चिनियाँ मानवरहित अन्तरिक्ष यानको सफल अवतरण

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते चीनले आफ्नो मानवरहित अन्तरिक्ष यानलाई पृथ्वीबाट नदेखिने चन्द्रमाको एक भागमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ। चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन ९ऋल्क्ब्० अनुसार, बेइजिङको स्थानीय समयअनुसार बिहान ६स्२३ मा चाङ–इ–६ यानले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको हो। यो स्थानमा यसअघि कुनै पनि अन्तरिक्ष अभियान पुगेको थिएन, न त […]

टी-२० विश्वकप: अमेरिकाको प्रभावशाली शुरुवात, क्यानडालाई ७ विकेटले हरायो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै अमेरिकाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ रन र आद्रिज गोउसले ६५ […]

श्रममन्त्री अर्यालद्वारा जनकपुरधाममा ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १९ गते श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आज जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा ‘श्रमाधान रोजगार मेलाुको शुभारम्भ गरे। मेलामा बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्दै मन्त्री अर्यालले श्रम क्षेत्रका समस्याहरुको समाधानका लागि यो मेला सुरू गरिएको बताए। उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान […]

महोत्तरी समन्वय समितिले विकास योजनाहरुमा प्रक्रियागत पालन गर्न निर्देशन जारी

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १९ गते महोत्तरी जिल्ला समन्वय समितिले विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेकोमा ध्यानाकर्षण जनाएको छ। अनुगमनको क्रममा होडिङ्ग बोर्ड नराख्ने र कच्चा पदार्थ यथास्थानमा छाड्दा दुर्घटनाको जोखिम बढेको पाइएपछि समितिले सबै पालिकाहरुलाई ऐन, नियमको परिधिमा रहेर काम गर्न निर्देशन दिएको छ। समितिका संयोजक सुमनलाल कर्णले योजनास्थलमा जानकारी नराख्दा जनताको सुचनाको हक कुन्ठित […]

पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव(इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् । उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

सामाजिक फीड, काठमाडौँ, १८ जेठ । सरकारले पछिल्लो समय गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय आज सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र साहको सिंगापुर भ्रमणको स्विकृतिसम्म […]

रौतहट प्रहरीले भन्सार छलेर ल्याइएको ३४०० किलो धान बरामद गर्‍यो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते रौतहट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको ३४०० किलो धान बरामद गरेको छ। इशनाथ नगरपालिका(४ बाट बरामद गरिएको उक्त धानको बजार मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको छ। प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार, राजपुर नगरपालिका-६ का ४२ वर्षीय अमर साहले भन्सार छलेर ल्याएको ७९० बोरा धान बरामद गरिएको […]

रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौँ विद्युत पोल ढले

सामाजिक फीड, रौतहट, १८ जेठ । रौतहटमा बिहीबार साझँ आएको  हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षति भएको छ। चन्द्रपुरमा आएको हावाहुरीले पोलहरू ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावाहुरीले चन्द्रपुर नगरपालिका–६ स्थित सत्यनारायण भगतको घरको एसबेस्टसको छाना उडाउँदा ८ लाखभन्दा बढीकाे क्षति भएको छ। त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण […]

नेपालमा आगामी १० दिनभित्र मनसुन प्रवेश: पूर्वतयारीका लागि विज्ञहरुको सुझाव

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते नेपालमा आगामी १० दिनभित्र मनसुन प्रवेश गर्ने भएको छ। जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार मनसुन नेपालका कोशी प्रदेशबाट प्रवेश गर्नेछ र सुदूरपश्चिममा पुग्न १५ देखि २० दिन लाग्नेछ। डा. उप्रेतीले यस वर्ष अत्यधिक वर्षा हुने पूर्वानुमान रहेको भन्दै सरकारलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राहत […]