सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २० गते
चीनले आफ्नो मानवरहित अन्तरिक्ष यानलाई पृथ्वीबाट नदेखिने चन्द्रमाको एक भागमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ।
चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन ९ऋल्क्ब्० अनुसार, बेइजिङको स्थानीय समयअनुसार बिहान ६स्२३ मा चाङ–इ–६ यानले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको हो। यो स्थानमा यसअघि कुनै पनि अन्तरिक्ष अभियान पुगेको थिएन, न त कुनै प्रयास नै गरिएको थियो।
चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो। यसको मुख्य उद्देश्य चन्द्रमाको यस अज्ञात भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो। यो मिसनले चन्द्रमाको सबैभन्दा पुराना चट्टानहरू संकलन गर्न सक्ने अनुमान गरिएको छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित यो ठूलो क्रेटरमा अन्तरिक्ष यान अवतरण गराएर चीनले अन्तरिक्ष अन्वेषणमा एक ऐतिहासिक कदम चालेको छ। यसअघि, सन् २०१९ मा चीनले चाङ–इ–४ अन्तरिक्ष यानलाई पनि यहाँ अवतरण गराएको थियो। यो उपलब्धिले चीनलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने पहिलो राष्ट्र बनाएको छ।