Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ १९ गते

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आज जनकपुरधामस्थित उद्योग वाणिज्य सङ्घमा ‘श्रमाधान रोजगार मेलाुको शुभारम्भ गरे। मेलामा बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गर्दै मन्त्री अर्यालले श्रम क्षेत्रका समस्याहरुको समाधानका लागि यो मेला सुरू गरिएको बताए।

उनले भने, ‘श्रमिकका धेरै समस्या आउँछन्। एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरू गरिएको हो। सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पु¥याउँछ।’

सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको उल्लेख गर्दै मन्त्री अर्यालले देशभर रोजगारीका अवसर सृजना गर्न प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *