Skip to main content

Samajik Feed – News Portal from Nepal

जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ ।

१६ असोज, जनकपुरधाम। मंसिरमा हुन गाईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई सुरक्षित र भरपर्दो बनाउन इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा बाट सुचना प्रकासित गरिएको थियो। कार्तिक ५ सम्म नजिकको चौकीमा हतियारहरु जम्मा गरिदिनका सुचना प्रकाशन गरिएको छ। समय भित्र हतियार नबुझाएमा कारवाही हुने चेतावनी दीईएको छ।

आरजु राणा र मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ ।

१६ असोज, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउबा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीको नाम समानुपातिकको सुचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो ।

नेपाली कांग्रेसका सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्।

१६ असोज, जनकपुरधाम। निर्वाचनका लागि नेपाली काँग्रेसको समानुपातिकको बन्दसूची संशोधनक लागि सहमति जुटेको छ ।केन्द्रिय कार्यालयको मुख्य सचिव कृष्णप्रसाद पौडेललाई सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा दिईएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी जनकपुरधाममा प्रदर्शन

१४ असोज, जनकपुरधाम। गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।मधेसका मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।अब ट्रफी गण्डकी प्रदेशमा लगिनेछ ।

नेपालगन्जले दशैंका लागि भारतबाट ३२ हजार खसीबोका ल्याउने तयारी

१४ असोज, जनकपुरधाम। नेपाल खाद्य संस्थान, नेपालगन्जले दशैंका लागि भारतबाट ३२ हजार खसीबोका ल्याउने प्रक्रिया अघि बढाएको छ ।नेपालगञ्जमा दशैं र तिहारमा करिब ५० हजार खसीबोका र भेडा खाने गरेको नेपाल खाद्य संस्थानले जनाएको छ । त्यसैगरी नेपालका विभिन्न जिल्लाका साथै तिब्बतबाट १८ हजार खसीबोका र भेडा ल्याइने गर्दछ ।

नेपाली प्रतिभाः ४ नेपाली युवा शीर्ष २५ मा पुगे

१४ असोज, जनकपुरधाम। नेपाली युवा शीर्ष २५ मा पुगे र नगद जम्मा २० लाख पुरस्कार पाए । गुगल र मेटाद्वारा सिंगापुरमा आयोजित बग बाउन्टी सम्मेलनमा जहाँ उनीहरूले लाइभ ह्याकिङको ६ घण्टामा भाग लिएका थिए।

सिटामोलको अभाव समाधान हुँदै

१४ असोज,जनकपुरधाम। सिटामोलको अभाव समाधान हुँदै: स्वास्थ्य मन्त्रालयले डेंगुको सङ्क्रमण बढ्दै गएपछि उपत्यकाका १६ अस्पताल र काठमाडौं र ललितपुरका १४ स्थानीय तहलाई ५ लाख ५० हजार युनिट प्यारासिटामोल निःशुल्क उपलब्ध गराएको छ ।

नर्सहरूलाई बेलायत लैजाने योजनाको आलोचना भइरहेको छ।

१४ असोज, जनकपुरधाम। नेपाली नर्सहरूलाई बेलायत जान मद्दत गर्न मानिसहरूले पैसा मागेको खबर आएको छ तर बेलायतले नर्सहरूलाई नि:शुल्क लिने गरेको र यही कारणले गर्दा नेपाली नर्सहरूलाई बेलायत लैजाने योजनाको आलोचना भइरहेको छ।

कमिशनखोर कर्मचारीहरुका कारण नगरपालिका चलाउन गार्हो : मेयर यादव

१४ असोज, जनकपुरधाम। धनुषा जिल्ला स्तिथ सहिदनगरका मेयर दिनेश प्रसाद यादवले नगरपालिकाको कर्मचारीहरु घुषखोर र कमिशनखोर भनेका छन्। सहिनगरमा हिजो आयोजना गरिएको जसपा को पार्टी प्रवेश कार्यक्रममा मेयर यादवले एस्तो टिप्पणी दिदैं दुख प्रकट गरेका छन्। कर्मचारीहरुको समूहले कमिसनको चक्करमा काम गर्न नगर्न बाध्य बनाए पछि त्यहाँ आम जनतालाई कठिनाई भईरहेको उनले बताएका छन्।