Samajik Feed – News Portal from Nepal

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले ४८ लाख रुपैयाँ पठायो, क कसले पाउँछन् ?

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । गृहमन्त्रालयका अनुसार भैपरी खर्चवापत उनीहरूलाई वितरण गर्न यो पैसा पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको […]

संसद विघटन विरुद्ध सर्वोच्चमा ५ वटा रिट दायर

सामाजिक फीडजनकपुरधाम, असोज २८ गते । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । मंगलबार अदालतमा ५ वटा रिट पेस भएको हो ।वर्तमान सरकार काम चलाऊ रहेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री बनेकी […]

रौतहटमा डुबेर ३ बालिकाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ७ गते । रौतहटको गौरमा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा राजदेवी नगरपालिका-८ की १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा छन् । आज बिहान गौर नगरपालिका १ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानी तर्दै सातजना गौरतर्फ घाँस लिन आउँदै गर्दा डुबेका थिए […]

बारामा माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २५ गते । बारामा माटोको ढिस्कोमा पुरिएर दुईजनाको  मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कि ७० वर्षीया सारदा देवी महतो र वडा नम्बर ५ बस्ने  वर्ष १५ कासुनिल महतो रहेको प्रहरीले जनाएको छ । आज बिहान ८ : ५० बजेतिर […]

बीपी राजमार्गमा शनिबारदेखि सवारी सञ्चालन गरिने

समाजिक फीड जनकपुरधाम, असोज २४ गते । डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्मको ट्रयाक खोलिसकिएको छ। आज दिउँसोसम्म सम्पूर्ण क्षतिग्रस्त खण्डमा ट्रयाक निर्माण पूरा गर्ने योजना रहेको उनले जानकारी दिए। उनले भने ट्रयाक खुलेपछि केही सवारी साधन प्रयोग गरी परीक्षण गरिनेछ। त्यसपछि शनिबार […]

बाढीपहिरोबाट मृत्यु भएका परिवारले दुई लाख, अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । शुक्रबार र शनिबार को भारी वर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले प्रति परिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, घरवारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को मंगलबारको […]

बीरगञ्जमा ग्यांग फाइट हुँदा एक युवकको हत्या, १० जना पक्राउ 

सामाजिक फीड-जनकपुरधाम, असोज १५ गते । बीरगञ्जमा ग्यांग फाइटको क्रममा एकजनाको हत्या भएको छ । गए राति साढे ११ तिर  वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीच भएको ग्यांगफाटको क्रममा छुरा प्रहार गरि २२ वर्षीय गोल्डेन खानको हत्या भएको हो । मृतक वीरगंज महानगरपालिका –१० अशोक वाटिका निवासी रहेका हुन् । शरीरको विभिन्न भागमा छुरा प्रहारबाट […]

सर्लाहीमा स्कार्पियोले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही  ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का  अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार […]

असोज भित्र लुटिएको हातहतियार बुझाए सम्मान गरिने, त्यसपछि कारबाही गरिने

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।गृहले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए असोज महिना भित्र नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरेको हो।असोज […]

प्रधानमन्त्री कार्की आज राष्ट्रको नाममा सम्बोधन गर्ने

समाजिक फीडजनकपुरधाम, असोज ८ गते । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । प्रधानमन्त्री कार्की आज साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको हो । उनले गर्ने सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । गत २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनको बलमा कार्की २७ […]